सरकारलाई शान्ति समाजको चेतावनी : छिमेकीलाई रिझाउन अंगदान गर्न सकिँदैन

924

सरकारलाई शान्ति समाजको चेतावनी : छिमेकीलाई रिझाउन अंगदान गर्न सकिँदैन

मानवअधिकार तथा शान्ति समाज नेपालले सरकारलाई चेतावनी दिँदै ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता गर्न आग्रह गरेको छ । समाजले विश्व वातावरण दिवसको अवसरमा शनिबार प्रेस विज्ञप्ती जारी गरि ढुंगा गिटि निकासीको निर्णय नसच्याए सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको हो । समाजका केन्द्रीय सभापती गोबिन्द खनालद्वारा जरी विज्ञप्तीमा सरकारको उक्त निर्णय सत्तासंग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको उल्लेख गरिएको छ ।
जीवनचक्र परिस्थिति सन्तुलनमा जोड दिंदै हिमालय बचाऊ आन्दोलन समेत सञ्चालन गरिरहेको उल्लेख गर्दै बिज्ञप्तीमा वातावरण विनाश गर्ने सरकारको यो नीतिले नेपालको दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेको औंल्याईएको छ । विज्ञप्तिमा भनिएको छ– ‘सरकारको यो आत्मघाती कदम वातावरणीय प्रतिगमन हो, छिमेकीलाई रिझाउन अंगदान गर्न सकिंदैन ।’