बिद्यालयहरुलाई बुटवल उपमहानगरपालिकाको सूचना : परीक्षाको तयारी गरौं

1.3K

बिद्यालयहरुलाई बुटवल उपमहानगरपालिकाको सूचना : परीक्षाको तयारी गरौं

बुटवल उपमहानगरपालिकाले निषेधाज्ञा सकिएलगत्तै परीक्षा सञ्चालन गर्ने जानकारी गराउँदै बिद्यालयहरुलाई त्यसको तयारी गर्न भनेको छ । नगरपालिकाले निषेधाज्ञा हटाएको एक हप्ता भित्र परीक्षा सञ्चालन गर्नेगरी तयारी गर्न नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाई सूचना जारी गरेको हो ।
नगरपालिकाद्वारा जारी सूचनामा कोरोना भाईरस महामारीका कारण निषेधाज्ञा जारी रहिरहेकाले परीक्षा सञ्चालन गर्न समस्या भएको औल्याउँदै निषेधाज्ञा सकिएको एक साता भित्रै शैक्षिक सत्र २०७७ परीक्षा सञ्चालन गर्नको लागि तयारी गर्न आग्रह गरिएको हो ।
नगरपालिकाले प्रथम त्रैमासिक परीक्षाबाट ३० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाबाट ५० प्रतिशत र आन्तरिक मुल्यांकनबाट २० प्रतिशत अंकभार हुनेगरी कक्षा १ देखि ९ सम्मको परीक्षाको तयारी गर्न बिद्यालयहरुलाई आग्रह गरेको हो ।