अध्यक्ष ओलीद्वारा सर्त सहित एकता प्रस्ताव : नेपाल पक्षद्वारा अस्वीकार

1.3K

अध्यक्ष ओलीद्वारा सर्त सहित एकता प्रस्ताव : नेपाल पक्षद्वारा अस्वीकार

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपि ओलीले सर्त सहित राखेको प्रस्ताव माधवकुमार नेपाल पक्षले अस्वीकार गरेको छ । प्रारम्भिक प्रतिक्रियामा माधवकुमार नेपाल पक्षका नेताहरुले ओलीको प्रस्ताव जालझेलपूर्ण रहेको बताएका हुन् । यद्यपी औपचारिक धारणा भने आज (सोमबार) स्थायी कमिटी बैठक बसेर दिने बताएको छ ।
पार्टी अध्यक्ष ओलीले आईतबार राती पार्टी एकताको लागि सर्त सहित आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्बोच्चमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने प्रमुख सर्त राख्दै त्यसो भए पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउन आफू तयार रहेको बताउनु भएको थियो ।