देवदहमा ६२–६४ वर्ष उमेर समुहलाई कोरोना बिरुद्धको खोप लगाईँदै : ६ केन्द्र तोकियो

1.3K

देवदहमा ६२–६४ वर्ष उमेर समुहलाई कोरोना बिरुद्धको खोप लगाईँदै : ६ केन्द्र तोकियो

रुपन्देहीको देवदह नगरपालिकाले भोली (मंगलबार) ६२ देखि ६४ वर्ष उमेर समुहलाई कोरोना भाईरस बिरुद्धको भेरोसिल खोप लगाउँदै छ । नगरपालिकाले ६२ देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई पहिलो मात्रा खोप लगाउने तयारी गरेको हो । त्यसको लागि नगरपालिकाले नगरभित्रका ६ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।
नगरपालिकाले वडा नं. १, २ र ३ लाई समेट्नेगरी केरवानी स्वास्थ्य चौकी ढेकावर, वडा नं. ५, ६ र ७ लाई समेट्नेगरी देवदह स्वास्थ्य चौकी खैरेनी, वडा नं. ११ र १२ लाई समेट्नगरी सिक्टहन स्वास्थ्य चौकी ढोलबजवालाई खोप केन्द्र तोकेको छ । त्यस्तैगरी वडा नं. १० को चरङ्गे सामुदायिक स्वास्थ्य इकाई, चरङ्गे, वडा नं. ४ को भवानीपुर शहरी स्वास्थ्य केन्द्र भवानीपुर तथा वडा नं. ८ र ९ लाई समेट्नेगरी देवदह मेडिकल कलेज भलुहीलाई केन्द्र तोकेको छ ।
देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले उमेर खुल्ने कागज सहित तोकिएको वा पायक पर्ने स्थानमा आएर खोप लगाउन आह्वान गर्नुभएको छ ।