सामाजिक अभियान्ता क्षेत्रीको अभियानमा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको सहयोग

969

सामाजिक अभियान्ता क्षेत्रीको अभियानमा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको सहयोग

सामाजिक अभियान्ता हरि क्षेत्रीको खाना खुवाउने अभियानमा ‘रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया’ पनि जोडिएको छ । बुटवल निवासी सामाजिक अभियान्ता क्षेत्रीले कोरोना संक्रमण महामारीमा फ्रन्टलाईनमा रहेर काम गर्ने, कोरोना संक्रमित बिरामी, बिरामीका कुरुवाहरुलाई समेत लक्षित गरेर ‘मायाँले भरिएको पोषणयुक्त टिफिन बक्स’ अभियान सञ्चालन गर्नुभएको छ ।
सामाजिक अभियान्ता क्षेत्रीको अभियानबाट प्रभावित भएर ‘रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया’ अभियानलाई आर्थिक सहयोग प्रदान गरेको हो । क्षेत्रीको अभियान सामाजिक सञ्चालमा देखेर प्रभावित भएर स्वतस्फूर्त थालनी भएको अभियानमा केही भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको सञ्जालका नेपाल संयोजक सन्तोषकुमार बर्मा (केसी)ले बताउनु भयो ।
‘रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया’ले क्षेत्रीको अभियानलाई ५० हजार रुपैंया आर्थिक सहयोग गरेको थियो । अभियान लामो समयसम्म सञ्चालन हुने भएमा सञ्जालले थप सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सामाजिक अभियान्ता क्षेत्रीले परिवारका सदस्यहरुको समेत सहयोगमा बुटवलको बसपार्क टर्मिनलको एउटा कोठामा खाना बनाउने र प्याकिङ् गरेर अस्पतालमा फ्रन्टलाईनर, कोरोना संक्रमित बिरामी तथा तिनका कुरुवालाई वितरण गर्दै आउनु भएको छ । यो विशुद्ध सामाजिक अभिप्रायले गरेको र सहयोग गर्नेहरुको विवरण अभियानको अन्त्यमा सार्वजनिक गर्ने क्षेत्रीले बताउनु भयो ।