प्रमओलीले दिए मन्त्रीपरिषदलाई पूर्णता

1.3K

प्रमओलीले दिए मन्त्रीपरिषदलाई पूर्णता

सर्वोच्च अदालतले मन्त्रीपरिषद विस्तारको कारण देखाउ आदेश जारी गरेकै बेला प्रधानमन्त्री केपि ओलीले मन्त्रीपरिषदलाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री ओलीले बिहिबार सत्तारुढदल एमालेबाट ६ मन्त्री र १ साज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट १ जना मन्त्री नियुक्त गर्नुभएको हो ।
योसंगै प्रधानमन्त्री ओलीको मन्त्रीपरिषद सदस्यको संख्या २५ पुगेको छ । जसमा प्रधानमन्त्री सहित तीन उपप्रधानमन्त्री, १८ मन्त्री र ती राज्यमन्त्री छन् ।
प्रधानमन्त्री ओलीले एमालेबाट खगराज अधिकारीलाई गृह, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, नादरमुनी रानालाई वन, गशेण पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, ज्वालाकुमारी साहलाई कृषि र मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेर्ने गरि मन्त्री नियुक्त गर्नुभएको छ ।
यस्तै त्यस्तैगरी जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादवलाई उद्योगमन्त्रीको जिम्मेवारी दिईएको छ । जसपाको ठाकुर पक्ष यहि जेठको ७ गते उपप्रधानसहित ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेबाट आशा बिकलाई बन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले बिहीबार नै सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले सपथ दिलाउनु भएको हो । पूर्वगृहमन्त्री रामबहादुर थापा पत्नी नैनकला थापा र ज्वालाकुमारी साहलाई पूर्वमाओवादी खेमाबाट मन्त्री बनाईएको हो । महिला आयोगको अध्यक्ष भईसकेकी बादलपत्नी नैनकला हाल सक्रिय राजनीतिमा नभएपनि पूर्व माओवादी खेमाबाट मन्त्री बनाईएको हो भने माओवादी केन्द्रबाट निर्वाचित २ नं. प्रदेशको प्रदेश सभा सदस्य साह एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गर्दा प्रदेश सभा सदस्यको पद गुमाउनु भएको थियो ।