संसद बैठक स्थगित, अर्को बैठक शुक्रबार ३ बजे

526

संसद बैठक स्थगित, अर्को बैठक शुक्रबार ३ बजे

Joj:yflksf–;+;bsf] a}7s Joj:yflksf–;+;bsf] dªunaf/ a;]sf] a}7sdf /f]:6«d glhs cfP/ df]rf{;Fu cfa4 bnsf ;f+;bn] gf/fafhL ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, मंसिर २४/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधले आज बसेको संसद बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। दिउँसो तीन बजे डाकिएको बैठक साँझ साढे सात बजे सुरु भएको थियो।   सभामुख ओनसरी घर्तिमगरले बैठक शुरु गर्नासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य साना दलका सदस्य उभिएर समय माग गरे।नेपाली कांग्रेसका सांसद रमेश लेखकले मधेसको समस्या समाधानका लागि अघिल्लो सरकारले संविधानमा संशोधनका लागि दर्ता गरेको विधेयकलाई आजको कार्यसूचिले वेवास्ता गरेको बताए।  संविधान संशोधनको प्रस्तावले समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा भएको विधेयक विगतका बैठकको कार्यसूची हुने गरेपनि आज कार्यसूचिबाट किन हटाएको यस्को जवाफ सभामुखले दिने हो कि प्रधानमन्त्रीले? भनी  उनले प्रश्न गरे।  लेखकले भूकम्प पुननिर्माण प्राधिकरण विधेयक अघि बढाउने कुरामा सहमत भएपनि सरकारले संविधान  संशोधन  विधेयक किन ल्याएन भन्ने कुराको जवाफ नपाएसम्म सदन चल्न नदिने बताए।सभामुख ओनसरी घर्तिमगरले संविधान संशोधन प्रस्तावको विधेयक आगामी बैठकमा राख्ने भन्दै बस्न आग्रह गरेपनि कांग्रेस, नेमकिपाका सदस्यहरू उभिएर विरोध गरिरहे। त्यसपछि पनि सभामुखले आगामी बैठकमा आउने ध्यानाकर्षण गर्दै पुन बस्न आग्रह गरेकी थिइन्।सभामुख घर्तिमगरले सम्पूर्ण प्रक्रिया अघि बढाउन सदन सुचारु हुन पर्ने भन्दै बस्न र मद्दत गर्न अन्तिम पटक आग्रह गरिन।तर पनि कांग्रेसका सदस्य नबसेपछि सभामुखले सदन अबरोध भएको भन्दै संसदको बैठक मंसिर २५ गते ३ बजेसम्मका लागि स्थगित गरिन।