रक्तदाता दिवसको अवसरमा शान्ति समाजद्वारा रक्तदान

रक्तदाता दिवसको अवसरमा शान्ति समाजद्वारा रक्तदान

राज्यका सबै शक्ति लगाएर भएपनि सबै नागरिकलाई खोप उपल्वध गराउनु पर्ने मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले बताउनु भएको छ । विश्व रक्तदाता दिवस १४ जुन (३१जेठ)का अवसरमा शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै सभापति खनाल सो कुरा बताउनु भएको हो ।
सभापति खनालले राज्यले वितरण गरेको खोपमा नातावाद र कृपावाद हावी भएको आरोप लगाउदै सरकारले लक्षित वर्गसम्म पुराउन नसकेको बताउनु भयो । खनालले रगतलाई राज्यले निःशुल्क रुपमा वितरण गर्ने घोषणा गरेपनि निजि र सरकारी अस्पतालहरुमा विभेद भएको बताउदै तुरुन्त सबैलाई समान गर्न समेत आग्रह गर्नुभयो । ‘रगत दान गरौं जगत बचाऔं’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, शाखा सहसचिव कृष्णप्रसाद पाण्डे, समाजका शुभचिन्तक मनोज ढोंजुसहित २ दर्जन बढीले रक्तदान गरेका थिए।
सो अवसरमा सभापति खनालसहित नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, जिल्ला सभापति डिपी खनाल, सहसचिव कृष्ण पाण्डेलगाएतले रक्तदानको आवश्यक्ता र महत्वबारे प्रकाश पार्नुभएको थियो ।
मानव अधिकार तथा शान्ति समाजका अनुसार आज ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक स्वास्थ्य सुरक्षा सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •