सुनौली नाकामा ईन्धन अड्कीयो

826

सुनौली नाकामा  ईन्धन अड्कीयो

souकृष्णप्रसाद ढकाल
भैरहवा, २५ मंसिर । नेपालको मुख्य व्यापारिक सिमानाका सुनौलीमा करिव तीनलाख एलपी ग्यासका सिलिन्डर र ११ लाख लिटर पेट्रोल तथा डिजेल अडकिएका छन् ।
आन्दोलनरत मधेशी मार्चाको आन्दोलनको प्रभाव खासै नपरेका कारण सहज मानिने सुनौली नाकामा भारतीय पक्षले समेत रक्सौलबाट रिरुट गरि पठाएका विभिन्न ३४ वटा कम्पनीका खाना पकाउने ग्यासका बुलेटहरु नाकामा अडकिएका हुन् ।
काठमाण्डौ, धादिङ, चितवन, पर्सा एवं लुम्विनी अञ्चलमा स्थापित तीनदर्जन कम्पनीका ग्यासका बुलेटहरुले नेपाल प्रवेश पाएका छैनन ।
नेपाल आयल निगम क्षेत्रिय कार्यालय भलवारीका भञ्सार क्लियरिङ् कर्मचारी युवराज शर्माले नाकामा एलपी ग्यासका १०७ वटा वुलेट र डिजेल ६३ वटा, पेट्रोल ७ वटा र मटितेलको एक सहित ७१ वटा टेन्करहरु हप्तौदिनदेखि सुनौलीमा अडकिएर बसेको जानकारी दिनुभयो । सानो एक टेन्करमा १२ हजार, मझौलामा १७ हजार र ठूलोमा २० हजार लिटर ईन्धन बोकेका टेंकरहरु नाकामा रहेको नेपाल आयल निगमका कर्मचारीले बताएका छन । यसैगरी सिलन्डर भरी दिदा एक बुलेटबाट एकहजार दुईसय ५० सिलिन्डर भरिन्छ । तर यतिवेला भारतको नाकावन्दीको प्रभावले ग्यास निर्वाध रुपमा आयत रोकिएपछि सरकारकै निर्देशनमा कम्पनीहरुले आधा सिलिन्डर ७.१ किलोग्राम ग्यास दिने निर्णय गरेका छन् ।
उक्त बुलेटबाट कम्पनीहरुले आधा सिलिन्डर दिदा उपभोक्ताका २ लाख ६७ हजार ५ सय सिलिन्डर भर्न सकिने र लाखवढि उपभोक्ताहरुले राहत पाउने देखिन्छन ।
नाकामा सवैभन्दा वढी त्रिशुल कम्पनिको १० वटा, सिद्धार्थको ७, स्वस्तिक, मनकामना, नेपाल, बाबा, गृहलक्ष्मी, आरती, बुटवललगायत ३४ वटा कम्पीका १०७ वटा ग्यासका बुलेटहरु रहेका छन् ।
स्वस्तिक ग्याास कम्पनिका संचालक एवं उद्योग व्यापार संगठनका निर्वतमान अध्यक्ष मनिषकुमार जोशीले नाकामा रोकिएका ग्याँसका वुलेटहरु भित्र्याउन पाए हजारौ नागरिकको घरको चुलोमा केहिदिन आगो बल्ने धेरै राहत पाउने वताउनु भयो ।
भारतीय सिमावर्ती अधिकारीहरुले शुक्रबार दिउसोसम्म सुनौली नाकाबाट ईन्धन र ग्यास नेपाल छिर्न दिएका छैनन् । अन्य मालवहाक गाडीहरु भने ५० बढी छिरेको ईलाका कार्यालय वेलहीयाका प्रहरी निरीक्षक अभय विक्रम शाहले बताउनु भयो ।
भारत सुनौली प्रहरी चौकीका प्रमुख भरत यादवले गाडीहरुको जामले टेंकर र ग्यासका वुलेटहरु धेरैपछाडि परेकाले लाईनबाट आउदा ढिलाई भएको प्रतिक्रिया दिनुभयो ।
सिमापारी २ हजारवढी माल वहाक गाडी, करिव ४ सय कन्टेनर, औषधीका दर्जनौ गाडी र ईन्धनका करिव दुईसय गाडीहरु रहेको भञ्सार एजेन्ट संघ भैरहवा अध्यक्ष कृष्ण्प्रसाद घिमिरेले बताउनु भयो । उक्त गाडीहरु करिव २५ किलोमिटर परसम्म लाईनमा रहेका छन् ।