नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिति निश्क्रिय गराउने तयारी

1.3K

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिति निश्क्रिय गराउने तयारी

नेकपा एमालेमा नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटि व्यूत्याउने तयारी भएको छ । त्यसको लागि पार्टीले १६ असारमा बैठक बोलाएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपि ओलीले गत २८ फागुनमा बनाएको महाधिवेशन आयोजक कमिटि (निश्क्रिय) खारेज गर्ने तयारी गरिएको हो ।
उक्त महाधिवेशन आयोजक कमिटि खारेज भएपनि पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटि स्वत व्यूतिने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार एमालेमा अब अस्थायी संरचना रहँदैन, पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन्छ ।
सोही अनुसार आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी समेत गरिएको छ ।