रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा मुख तथा दाँत स्वास्थ्य सम्बन्धि प्रशिक्षण

1.3K

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा मुख तथा दाँत स्वास्थ्य सम्बन्धि प्रशिक्षण

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा मुख तथा दाँत स्वास्थ्य सम्बन्धि प्रशिक्षण गरिएको छ । क्लवको पहिलो नियमित बैठकसंगै मुख र दाँत स्वास्थ्यको बारेमा प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा दाँत तथा मुख स्वास्थ्यको बारेमा जानकारी गराउँदै अर्थो डेन्टिष्ट एसिस्टेन्ट प्रोफेसर डा. टिकाराम घिमिरेले दाँत तथा मुखमा हुने क्याँन्सरको जोखिम कम गर्ने उपायहरु समेत बताउनु भएको थियो । अहिले कोरोना भाईरस संक्रमणको जोखिमका कारण बिरामीले समस्या घरमै राख्ने गरेको बताउँदै उहाँले सामान्य घरेलु उपाए अपनाउँदा पनि दाँत तथा मुख स्वास्थ्यलाई सुरक्षित राख्न सकिने बतउनु भयो ।
क्लवका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद चापागाईले कोरोना संक्रमणको जोखिमका कारण मानिसले दाँत तथा मुख स्वास्थ्य लुकाएर राख्ने गरेको पाईएकोले त्यस सम्बन्धि प्रशिक्षण कार्यक्रम राखिएको जानकारी गराउनु भयो । उहाँले डाक्टरको सल्लाह अनुसार उपचार पद्धति अपनाउन पनि सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष चापागाईले वर्षभरी गर्ने कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । उहाँका अनुसार क्लवले यो वर्ष मुख्यतया कोरोना संक्रणको रोकथाम तथा नियन्त्रण, पर्यावरण संरक्षणको लागि बृक्षारोपण, रगतको अभावमा रक्तदान, ग्रामिण क्षेत्रमा स्वास्थ्य शिबिर लगायतका कार्यक्रम हुनेछन् ।
क्लवको वर्ष ०२१÷०२२ को लागि नवनिर्वाचित अध्यक्ष चागापाईलाई हालै पदहस्तान्तरण गरिएको थियो । पदभार ग्रहणसंगै उहाँको यो पहिलो कार्यक्रम हो । बैठकले अघिल्लो कार्यसमितिका अध्यक्ष गोपाल ज्ञवाली सहित पदाधिकारीहरुलाई धन्यवाद प्रस्ताव समेत पारित गरेको छ ।
कार्यक्रममा पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, खिमानन्द भुसाल, ओमप्रसाद अर्याल, क्लवका डाईरेक्टरहरु टिकाराम पाण्डे, शंकर पाण्डे, कोषाध्यक्ष देवीराम पाण्डे, सहसचिव अर्जुन आचार्य लगायले शुभकामना व्यक्त गर्नुभएको थियो ।