एमालेको कार्यदल व्यूतियो : बैठक बस्दै

1.3K

एमालेको कार्यदल व्यूतियो : बैठक बस्दै

एमालेको एकता जोगाउन गठन गरिएको कार्यदल व्यूतिएको छ । गत २ जेठमा गठन गरिएको कार्यदल नेता माधव नेपाल पक्षका संयोजक भिम रावललाई अध्यक्ष केपी ओलीले कारवाही गरेपछि निश्कृय भएको थियो ।
नेकपा एमालेको एकता जोगाउन गठन गरिएको कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवास नेम्वाङ विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेता नेपालका तर्फबाट भीम रावल सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । जेठ २ मा गठन गरिएको कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । कार्यदल व्यूतिएसंगै आजै (सोमबार) कार्यदलको बैठक बस्दैछ ।
आईतबार मात्रै प्रधानमन्त्री समेत रहेका ओलीले नेता नेपाललाई पार्टी एक रहेको सन्देश दिनको लागि संयुक्त वक्तव्य जारी गर्न प्रस्ताव गर्नुभएको थियो । ओलीको प्रस्तावमा नेता नेपालले कार्यदललाई प्रस्तावको मस्यौदा बनाउन आग्रह गर्नुभएको थियो । तर ओलीको सन्देश लिएर गएका नेताहरुले कार्यदल निश्कृय भईसकेको जवाफ दिएका थिए भने त्यसको लागि पनि अध्यक्ष ओली र नेता नेपाल भेटेर कुरा गर्न सुझाव दिएका थिए ।
अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग दावी सहित सर्बोच्चमा गएको एमालेका २३ सांसदहरुलाई फैसला अगावै हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएपनि नेता नेपाल पक्षका सांसदहरु हस्ताक्षर फिर्ता लिन तयार नभएपछि ओलीले पार्टी एक भएको सन्देश दिन संयुक्त वक्तव्यको प्रस्ताव गर्नुभएको हो ।