कोरोना महामारीको तेस्रो भेरियन्ट : ‘खोप नपाए जनशक्तिको पनि अभाव हुनसक्छ’

1.3K

कोरोना महामारीको तेस्रो भेरियन्ट : ‘खोप नपाए जनशक्तिको पनि अभाव हुनसक्छ’

कोरोना संक्रमण महामारीको पहिलो भेरियन्ट नेपालमा भित्रिएपछि मास्कको अभाव भएको थियो, दोस्रो भेरिन्ट आउँदा अक्सिजन अभाव भयो । अव तस्रो वेभको पनि सम्भावना कायमै रहेकोले तेस्रो वेभ आयो भने जनशक्तिको अभाव हुन सक्ने सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र नेपाल औषधी व्यबसायी संघ लुम्बिनी प्रदेश समितिले मंगलबार बुटवलमा आयोजना गरेको महामारीजन्य रोगको रोकथाम, नियन्त्रण र उपचारमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरोकालवालाले त्यस्तो परिस्थितीमा मानव शंसाधन (जनशक्ति)को अभाव हुन नदिन समयमै खोप प्रवन्ध गर्नुपर्ने निर्बिकल्प उपाए भएको सुझाव दिएका हुन् ।
उनीहरुले यदि खोपको प्रवन्ध हुन सकेन भने फ्रन्ट लाईनमा रहेर काम गर्ने जनशक्तिको समेत अभाव हुन सक्ने भन्दै तेस्रो भेरियन्ट नआउँदै कोरोना बिरुद्धको खोपको प्रवन्ध मिलाउन सरकारलाई सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले खोपलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी गराउनु भयो । तेस्रो वेभ आयो भने त्यसको व्यबस्थापनको क्षेत्रमा सरकारले योजनावद्ध रुपमा काम गरेको बताउँदै उहाँले अव प्रदेशका १२ वटै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षणको व्यबस्था मिलाईएको जानकारी गराउनु भयो । अस्पतालहरु स्रोतका हिसावले कमजोर भएको बताउँदै उहाँले त्यसको व्यबस्थापनमा पनि संघ, प्रदेश र स्थानी सरकार बिच सहकार्य र समन्वय भईरहेको बताउनु भयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले भारतमा तेस्रो वेभ देखिएको र त्यो विकशित भयो भने नेपालमा त्यसको प्रत्यक्ष असर गर्ने बताउँदै त्यसबेला खोप नलगाएका र बच्चालाई प्राथमिकताको सूचीमा राखिएको जानकारी गराउनु भयो । उहाँले पहिलो भेरियन्टको महामारीमा भन्दा दोस्रो भेरियन्टको महामारीमा धेरै कठिन भएको र अब तेस्रो आयो भने त्यससंगको सामना अझै कडा हुने सम्भावना औंल्याउँदै त्यसतर्फ सजग हुन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै औषधी व्यबसायी संघ लुम्बिनीका अध्यक्ष शिव ज्ञवालीले विभिन्न समयमा आएका महामारीका कारण सन् १३४७ देखि हालसम्म विश्वमा करिव ३० करोड मानव क्षेती व्यहोर्नु परेको जानकारी गराउनु भएको थियो । उहाँले आगामी दिनमा पनि यस्ता महामारीको जोखिम कायमै रहेकाले त्यसको सामना गर्न त्यसप्रकारको तयारी अहिले देखिनै गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल औषधि व्यबसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले फ्रन्ट लाईनमा खटिएर काम गर्ने खोप लगाएका स्वास्थ्यकर्मीमा पनि खासै असर नदेखिएकोले महामारीबाट बच्ने निर्बिकल्प उपाए खोप भएको बताउनु भयो । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, व्यापार संघका अध्यक्ष यमलाल लोहनी, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. डिबि खत्री, गणेश ज्ञवाली रामचन्द्र शर्मा, धर्मराज भट्टराई, प्रेम शर्मा, ध्रुवकुमार शर्मा, संघका सचिव डुकुलराज न्यौपाने लगायतले पिसिआर परीक्षणलाई निःशुल्क गरि परीक्षणको दायरा बढाउनु पर्ने, अस्पतालहरुको व्यबस्थापन पक्षलाई चुस्त बनाउनु पर्ने तथा त्यो भन्दा पहिला सबै नागरिकलाई अनिवार्य खोपको प्रवन्ध मिलाउनु पर्ने सुझाव दिएका थिए ।