बुटवलमा क्रियाशिल धौलागिरी बहुउद्देश्यी संस्थाले कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेको छ । उक्त सहकारीको २२ औं स्थापना दिवसको अवसरमा कोरोना संक्रमितको उपचारमा खटिने सिद्धार्थ बाल तथा महिला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई मास्क, ग्लोब्स, थर्मोमिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रि वितरण गरिएको संस्थाका अध्यक्ष गोबिन्द खनालले जानकारी गराउनु भयो ।
सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै संकटमा सहकार्यको संस्कृतिको बिकासको लागि सिम्बोलिक रुपमा स्वास्थ्य सामाग्रि प्रदान गरिएको बताउँनु भयो ।
त्यस अवसरमा संस्थाका अध्यक्ष खनाल, संरक्षक रामकृष्ण खाँण, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र बस्याल, निवर्तमान अध्यक्ष हरि पन्त, सल्लाहकार राधेश्याम राजभण्डारी, हरिबहादुर आचार्य, प्रेस सल्लाहकार विष्णु भुसाल सहित संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो ।