देउवाले आज प्रधानमन्त्रीको सपथ लिँदै : सानो आकारको मन्त्रीपरिषद गठनको तयारी

1.3K

देउवाले आज प्रधानमन्त्रीको सपथ लिँदै : सानो आकारको मन्त्रीपरिषद गठनको तयारी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) प्रधानमन्त्री नियुक्त हुँदैहुनुहुन्छ । काँग्रेस सभापति देउवालाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने र सपथ गराउने राष्ट्रपतिको कार्यालयले तयारी गरेको छ ।
प्रतिनीधि सभा (संसद) विघटनलाई बदर गर्दैै मंगलबार सर्बोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि राष्ट्रपतिको कार्यालयले नियुक्ति संगै सपथको तयारी गरेको हो । योसंगै काँग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री हुँदैहुनुहुन्छ ।
सभापति देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठनको समेत तयारी गर्नुभएको छ । मन्त्रीपरिषमा कसलाई लैजाने भन्ने विषयमा अहिले आन्तरिक छलफल भईरहेको छ । त्यस्तै माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा निर्णय लिन आन्तरिक बैठक भईरहेको छ ।