नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले गरेको नियुक्ति नसच्याए सपथ नलिने अडान लिनु भएको छ । अहिले ६ बजे सपथ ग्रहण कार्यक्रमको तयारी गरिएपनि प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भन्दै आपत्ति जनाउनु भएको हो ।
देउवालाई प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरि सर्बोच्च अदालतको फैसला बमोजिम उल्लेख गर्नुभएको छ । देउवाले आफूले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दावी गरेको सोही अनुसार सर्बोच्चले पनि संविधानको धारा ७६ (५) अनुसार नियुक्ति गर्न राष्ट्रपतिलाई परमादेश दिएको थियो ।
नियुक्ति सच्याउनु पर्ने अडान लिएका देउवा सपथग्रहण समारोहमा पुग्नु भएको छैन । राष्ट्रपतिको कार्यालय सितलनिवासमा सपथ ग्रहण समारोहमा राष्ट्रपति सहित उपराष्ट्रपति दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरु पुगिसकेका छन् ।