भानु जयन्तीमा साहित्यकार खातीलाई सम्मान

641

भानु  जयन्तीमा साहित्यकार खातीलाई सम्मान

२०८ औं भानु जयन्तीको अवसरमा बुटवल ४ मा रहेको नवजागृती पुस्तकालयले साहित्यकार अजम्बरध्वज खातीलाई सम्मान गरेको छ । पुस्तकालयले मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि पुस्तकालयमा स्थापित ‘आदीकबि भानुभक्त आचार्य साहित्य पुरस्कार–२०७८’ बाट उहाँलाई सम्मान गरिएको हो ।
उहाँलाई बुटवल उद्योग बाणज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू र पुस्तकालयका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष कसजूले पुस्तकालयले साहित्यकारलाई सम्मान गरेर साहित्यको श्रीबृद्धिमा योगदान गरेको बताउनु भयो । साहित्य समाजको ऐना भएको बताउँदै उहाँले साहित्यकार त्यो समाज र देशको गहना भएको समेत औंल्याउनु भयो ।
नेपाली भाषा साहित्यको बिकास तथा प्रवद्र्धनको लागि नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकार (स्रष्टा)लाई सम्मान गर्नको लागि उक्त पुरस्कारको स्थापना गरिएको बताउँदै पुस्तकालयका अध्यक्ष श्रेष्ठले सम्मानले स्रष्टामा अझै उत्साह र हौसला थपिने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानित साहित्यकार खातीले आफूलाई मुल्यांकन गरेर सम्मान गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । त्यस अवसरमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बेनबहादुर पौडेल, पुरस्कार छनौट समितिका संयोजक डा. हिरण्यलाल ज्ञवाली, विश्वहिन्दु महासंघ महिला समितिकी महासचिव सुजिता सेरचन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।