सरकारले चैत मसान्त भित्र सबै नागरिकलाई खाेप लगाईसक्ने निर्णय गरेकाे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे सरकारकाे मंगलबार सांझ बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले असाेज भित्र एकतिहाई नागरिक र चैत भित्र खाेप लगाउन मिल्ने सबै नागरिकलाई खाेप लगाउने निर्णय गरेकाे हाेे ।
त्यस्तै सरकारले यस अगाडिकाे सरकारकाे पालामा काेराेना बिरुद्ध अहिलेसम्म भएकाे खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेकाे छ ।
साथै कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने तथा कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष प्याकेज ल्याउने सरकारले निर्णय गरेकाे छ ।