लुम्बिनीका उत्कृष्ट दुई शिक्षक सम्मानित

641

लुम्बिनीका उत्कृष्ट दुई शिक्षक सम्मानित

लुम्बिनी प्रदेशका दुई उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ । प्रदेशका शिक्षा तथा सामाजिक बिकास मन्त्रालय अन्तरगत सामाजिक बिकास डिभिजन कार्यालयले महाकवि देवकोटा माध्यमिक बिद्यालय सुनवलमा कार्यरत शिक्षक खेमलाल शर्मा जोशी र नवजीवन माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक अर्जुन पौडेललाई सम्मान सहित पुरस्कृत गरेको हो ।
त्यस्तै डिभिजन कार्यालयले बिद्यालय तर्फ कान्ति माध्यमिक बिद्यालय बुटवल र महाकवि देवकोटा माध्यमिक बिद्यालय सुनवललाई उत्कृष्ट बिद्यालय घोषणा सहित पुरस्कृत गरेको छ ।