मध्यावधि निर्वाचन कार्यतालिका रद्द

1.3K

मध्यावधि निर्वाचन कार्यतालिका रद्द

प्रतिनीधि सभा (संसद) पुनःस्थापनासंगै निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका रद्द गरेको छ । पूर्ववर्ती सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । सोही अनुसार निर्वाचन आयोगले मध्यावधि निर्वाचन कार्यतालिका घोषणा गरेको थियो ।
तर सर्बोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि निर्वाचन आयोगले मध्यावधि निर्वाचन कार्यतालिका रद्द गरेको हो । गत जेठ ७ गते मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनीधि सभा विघटन गरि कात्तिक २६ र मंसिर ३ गतेको लागि मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । उक्त निर्वाचनको लागि आयोगले यहि असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।