ओली साझा नेता हुने आशा मारीसके ः घनश्याम भुसाल

561

ओली साझा नेता हुने आशा  मारीसके ः घनश्याम भुसाल

ghanaअर्घाखाँची,मसिंर । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले साझा नेता हुने बानीको विकास नभएकाले आफनो पुरानो पारा नछाडेको बताउनुभयो । सरकार सञ्चालन, मन्त्रि छनोटमा पनि सोही प्रवृती दोहोरिएको बताउँदै पार्टीमा पनि एक गुटको नेता भएको आरोप लगाउनुभयो । उहाँको कार्यशैलीमा परिवर्तन आउने आशा आफुले मारीसकेकोले आलोचन गर्नु बेकार रहेको बताउनुभयो ।
उहाँले भारतको हेपाहा प्रवृतिको अन्त्य गर्नको लागी यो उपयुक्त विकल्प भएको बताउदै भारतलाई झुकाएर नेपालको स्वाधिनतालाई सधै उच्च पार्ने गरि अगाडी बढ्ने बताउनुभयो ।
उहाँले नेपालको पारवाहन अधिकारी, सार्कका संस्थापक सदस्य, अन्तरर्राष्ट्रिय अधिकारको प्रयोग गदै भारतलाई झुक्न बाध्य पार्ने स्पष्ट पार्नुभयो । नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले शनिवार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले मधेशी जनताको अधिकार संविधानमा सम्बोधन गरिसकेको बताउदै अव केही बाँकी रहेका विषयलाई संशोधन गरेर जाने तयारी भईरहेको बताउनुभयो ।
संविधान संशोधन भएपछि मधेश आन्दोलन पनि समात्त हुने जिकिर गदै मधेशी दलले सस्तो लोकप्रियताको लागी सोझा जनतालाई प्रयोग गरेको आरोप लगाउनु भयो । संविधान सभाको चुनावमा पराजय भएपछि आउने निर्वाचनमा सफलता हासिल गर्ने आशाका साथ मधेश आन्दोलन चर्काएको उहाँले दावी गर्नुभयो । नेता भुसालले अख्तियार लोकतन्त्रको मेरुदण्ड भएको भन्दै नियम अनुसार पत्र काटिएका व्यक्तिहरु जानु पर्ने र अख्तियारले पुर्वाग्रही भएर काम कारवाही अंगाडी बढाएको आशंका पनि व्यक्त गर्नुभयो ।