लामो समयदेखि जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाण्डौं उत्पत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अपराह्न ४ बजे बस्ने बैठकमा निषेधाज्ञालाई अब कसरी अगाडि बढाउने र लामो दुरीका सार्वजनिक सवारी साधानलाई कसरी सञ्चालन गर्ने विषयमा छलफल हुने बताईएको छ । लामो दुरीका सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्नेकी भन्ने विषयमा छलफल हुनेछ ।
लामो दुरीका सार्वजनिक सवारी साधन चलाउन दिने या नदिन र दिने भए कसरी, कुन मोडालिटिमा चलाउन दिने भन्ने विषयमा आजको बैठकमा छलफल हुने छ । लामो दुरीका सवारी साधनलाई स्वास्थ्य मापदण्ड अपनाएर जोरबिजोर प्रणालीका आधारमा चलाउन दिने की भन्ने बारेमा उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको अनौपचारिक कुरा भएको बुझिएको छ ।
काठमाण्डौ उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाईएको जोर–बिजोर प्रणाली हटाईसकिएको छ । बाहिरबाट प्रवेश गर्ने सवारी साधनले पनि सम्बन्धित जिल्लाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा प्रवेश दिईएको छ । काठमाण्डौ जिल्लामा गत बैशाख १६ गतेदेखि जारी निषधाज्ञा राती १२ बजेपछि सकिँदैछ ।