प्रतिनीधि सभाको बैठक आगामी साउन ३ गते बोलाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले पुनःस्थापित प्रतिनीधि सभाको बैठक साउनको ३ गते बोलाउन सिफारिस गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भयो ।
तत्कालिन मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनीधि सभा विघटन गर्नुभएको थियो । तर सर्बोच्चले प्रतिनीधि सभा पुनःस्थापना गर्दै साउन ३ गते भित्रै संसद बैठक बोलाउन आदेश गरेको थियो ।