लुम्बिनीको बजेट अध्यादेशबाट ल्याउने तयारी

675

लुम्बिनीको बजेट अध्यादेशबाट ल्याउने तयारी

लुम्बिनी प्रदेश सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । बजेटमाथिको छलफल सकिएलगत्तै प्रदेश सभा बैठक बहिस्कार गरेको सत्ता पक्षले प्रदेश प्रमुख मार्फत चालु संसद अन्त्य गराएर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको हो ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट माथिको छलफल सकिएर सभामा निर्णयार्थ पेश हुनु अगावै संसद बैठक बहिस्कार गरेका मुख्यमन्त्री शंकर पोखरेले प्रदेश प्रमुख मार्फत संसद बैठक अन्त्य गराउने र अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको स्रोत बताउँछ ।
प्रदेशसभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद चलिरहेको छ । विपक्षी दलहरुले बजेट छलफल अगाडि नै यसको निक्र्योल गर्नुपर्ने मत राख्दै आएका छन् । त्यसमा सत्तारुढ दल एमाले तयार नभएपछि नभएपनि विपक्षी दल बजेटमाथिको सैद्धान्तिक छलफलमा तयार भए । सैद्धान्तिक छलफल पछि मन्त्रीहरु र मुख्यमन्त्रीले समेत बैठकलाई सम्बोधन गर्नुभएको थियो ।
सत्तापक्षले छलफलको लागि समय मागेको र विपक्ष दल तयार नभएपछि सत्ता पक्षका सांसदहरु बैठक बहिस्कार गरेका थिए । बैठक बहिस्कारसंगै निवासमा आएर मुख्यमन्त्रीले थप रणनीति बनाएको र सोही अनुसार मुख्यमन्त्रीको कार्यालय गएको स्रोतले बतायो ।