सत्ता पक्षनै बैठक छाडेर गएपछि बजेट स्वतः असफल भयाे – विपक्षी गठबन्धन

582

सत्ता पक्षनै बैठक छाडेर गएपछि बजेट स्वतः असफल भयाे – विपक्षी गठबन्धन

लुम्बिनी प्रदेशसभामा सरकारले पेस गरेकाे बजेट स्वतः असफल भएकाे विपक्षी गठबन्धनका नेताले दावी गरेका छन् । विपक्षी गठवन्धनले बिहिबार साझ संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर वजेट स्वतः अस्वीकृत भएकाे बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख विपक्ष दलका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेको बताउनु भयाे । निर्णायार्थ पेश गर्नु पर्ने मुख्यमन्त्री स्वयंको अगुवाईमा बैठक बहिस्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको उहाले बताउनु भयाे ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिनुभयाे ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले संसद बहिस्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताउनु भयाे ।