रुपन्देहीको लुम्विनीमा सञ्चालन भएको तीन महिने नेपाली सांकेतिक भाषा तालिम समापन भएको छ ।
राष्ट्रिय बहिरा महासंघ नेपाल काठमाण्डौंको आयोजना र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भाषा आयोग र अष्ट्रेलियन राजदुताबासको सहयोगमा उक्त तालिम आयोजना भएको हो ।
तीन महिने नेपाली सांकेतिक भाषा तालिम पाएपछि सहभागीहरुले तालिम धेरै फलदायी भएको बताएका छन । तालिम पाएपछि अव जीवनमा केही गर्नुपर्छ भन्ने उत्साह सिर्जना भएको र हौसला समेत मिलेको उनीहरुले बताएका छन ।
तालिमको समापन समारोहमा राष्ट्रिय भाषा आयोग मातृभाषा शिक्षा शाखाका प्रमुख डा. लोकबहादुर लोप्चनले सांकेतिक भाषा तालिमले तालिम पाएकाहरुमा उर्जा थपिनुका साथै जीवनलाई फरक कोणले अघि बढाउन सहयोग पुग्ने बताउनुभएको थियो ।
उनले आगामी दिनमा पनि यस्ता तालिमहरु गर्दै जाने र तालिमका लागि आबश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
तालिमले बहिराहरुवीच दोहोरो सम्वादको आदान प्रदान मात्र होइन बहिरा समुदाय र सांगहरु बिचमा रहेको सञ्चारको खाडललाई सेतुको रुपमा काम गर्न पोत्साहन गरेको बताउनुभयो ।
तालिममा सहभागिहरुले तालिम फलदायी भएको बताउदै समाजमा रहेका बहिरा समुदायको आवाजको रुपमा आफुहरु प्रस्तुतहुन सक्ने भएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बिभिन्न भाषाको नाममा सरकारले धेरै लगानी गरेको बताउदै बहिरा समुदायको भाषालाई सबैले बुझ्ने गरि आम मानिस सम्म ल्याउन आबश्यक पर्ने दोभाषे उत्पादन गर्न पनि लगानी गर्नुपर्ने बताउनुभयो ।
तालिम शुरु गरेपछि कोभिडको माहामारी फैलिएपनि तालिमलाई सुरक्षित तरिकाले सम्पन्न गर्न सफल भएको भन्दै आगामी दिनमा अझ परिषकृत तालिमको लागि पहल गर्ने बताउनुभयो ।
अन्य सरकारी तथा गैर सरकारी संघ सस्थाले दिने तालिम भन्दा यो तालिम फरक तरिकाले सञ्चालन भएको नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य नबिन घिमिरेले बताए । तालिमलाई औपचारितामा मात्र नभएर ब्यबहारमै लागु गर्न घिमिरेले सुझाएका थिए ।
नेपाल बहिरा महासंघका अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सांकेतिक भाषाका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य राधेश्याम बिश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।
तालिममा देशभरीबाट १२ जनाको सहभागिता रहेको तामलिमको सहजिकरण कृष्ण गजुरेल र यसोदा थापाले गर्नुभएको थियो ।