प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

1.3K

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने हुनु भएको छ । आज बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिनुहुने भएको हो । बिहान बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची समेत तय गरिसकेको छ भने प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भईसकेको छ ।
सर्बोच्च अदालतले संसद पुनःस्थापना गरेपछि आज पुनःस्थापित प्रतिनीधि सभाको पहिलो बैठक बस्दैछ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ । दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने बताईएको छ ।