कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ते तयारी

538

कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ते तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यहि साउनको चौथो हप्ता लिने तयारी गरेको छ । कोभिड–१९ संकट व्यबस्थापन केन्द्रले परीक्षा सञ्चालन गर्न अनुमति दिने सूचना दिएपछि राष्ट्रिय परीक्षा बोर्डले साउनको चौथो हप्ता परीक्षा गर्नेगरी तयारी गरेको हो ।
बोर्डले भौतिक उपस्थितीमै परीक्षा गराउन अनुमति माग गरि शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । सोही अनुसार मन्त्रालयले परीक्षा गराउन अनुमति दिएको सूचना मन्त्रालयबाट पाएपछि तयारी गरिएको बोर्डले जनाएको छ । यद्यपी निर्णय सहितको अनुमति भने बोर्डमा आईसकेको छैन ।
मन्त्रालयबाट अनुमति प्राप्त भएपछि मिति र परीक्षा केन्द्र तोकिने र परीक्षा तालिका सार्वजनिक गरिने उच्च माध्यमिक परीक्षा बोर्डले जनाएको छ । यस अगाडि बोर्डले जेठ २६ गते तोकिएको कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीको संक्रमण फैलिएपछि रोकिएको थियो ।
माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षो राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने बोर्डले तयारी गरेको हो ।