कोरोना बिरुद्धको खोप उपलब्ध गराउन उत्पादक देशहरुसंग सरकारको आग्रह

187

कोरोना बिरुद्धको खोप उपलब्ध गराउन उत्पादक देशहरुसंग सरकारको आग्रह

कोरोना बिरुद्ध खोप उत्पादन गरेका देहरुसंग खोप उपलब्ध गराउन सरकारले आग्रह गरेको छ । सरकारले तीदेशहरु संग अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रीपरिषदको सोमबार बसेको बैठले हालसम्म खोप र अत्यावश्यक स्वास्थ्य सामाग्रि उपलब्ध गराएका देशलाई धन्यवाद दिँदै थप खोपको लागि आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।
हाल नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनको भेरोसेल र अमेरिकाको जोन्सन एण्ड जोन्सनको खोप लगाईएको छ । भारतले ११ लाख डोज अनुदानमा दिएको थियो भने १० लाख डोज सरकारले खरिद गरेको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने थप ४० लाख डोज पोप खरिद गरेमध्ये ८ लाख डोज नेपाल आईसकेको बाँकी ३२ लाख ल्याउने प्रक्रियामा छ । त्यस्तै अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ आएको छ ।