कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने

504

कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । कोरोना भाईरस संक्रमणको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा बिद्यार्थीको भौतिक उपस्थितीमै सञ्चालन गर्नको लागि बोर्डले मन्त्रालयमा सिफारिस गरेको थियो ।
सोही अनुसार परीक्षा सञ्चालनको लागि बोर्डले मिति तय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले यहि साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार परीक्षा होम सेन्टरमै (बिद्यार्थीले अध्ययन गरेको बिद्यालय) सञ्चालन गरिनेछ । परीक्षा भदौको ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा अवधिमा गाईजात्रा, जनैपूर्णीमा पनि परेकाले तीन दिनमा बिदा दिएर शनिबार पनि सञ्चालनको तयारी गरिएको बोर्डले जनाएको छ ।
यस अगाडि जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमण महामारीका कारण स्थगित गरिएको थियो । यो परीक्षामा ३ लाख ८६ हजार बिद्यार्थीले परीक्षा फारम भरेका छन् ।