‘गाउँगाउँमा रक्तदान’ अभियान : एकैदिन १२५ युनिट रगत संकलन

931

‘गाउँगाउँमा रक्तदान’ अभियान : एकैदिन १२५ युनिट रगत संकलन

रुपन्देहीको तिलोत्तमामा एकैदिन १२५ जनाले रक्तदान गरेका छन् । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले सञ्चालन गरेको ‘गाउँगाउँमा रक्तदान’ अभियान अन्तरगत शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा गरिएको थियो ।

सगरमाथा टोल बिकास संस्थासंग संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा १२५ जनाले रक्तदान गरेको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले जानकारी दिनुभयो । त्यसमध्ये पनि धेरै रक्तदाता पहिलो पटक रक्तदान गर्ने रहेको उहाँले बताउनु भयो ।

सगरमाथा टोल बिकास संस्थाका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चौहानले अहिले रक्त सञ्चार सेवा केन्द्रमा अभाव देखिएको ‘बि पोजिटिभ’ समुह सहित माग आपूर्तिमा सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।

रगतको अभाव हुन नदिको लागि समाजले रक्तदाता अभिबृद्धिको लागि गाउँगाउँमा रक्तदान अभियान सञ्चालन गरेको बताउँदै समाजको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । त्यस अवसरमा समाजको तिलोत्तमा शाखाका अध्यक्ष गोबिन्द भुसालले शाखा स्थापनाको छोटो समयमै झण्डै ४ सय युनिट रगत संकलन गर्न सफल भएको बताउँदै अझै पनि रक्तदानको लागि जनचेतना आवश्यक रहेको भनाई राख्नुभयो । त्यस अवसरमा कार्यक्रममा सहयोग प्रायोजन गर्ने सि हर्ज ट्रेडर्सका सञ्चालक सोम थापा र होम थापालाई सम्मान गरिएको थियो ।