कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पाँच जनाको मृत्यु

294

कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पाँच जनाको मृत्यु

कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पाँच जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीका २ जना, गुल्मीका २ जना र प्युठानका १ जना गरी पाँच जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या आएपछि यहि साउनको ५ गते अस्पतालमा भर्ना भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ की ३२ वर्षीय महिलाको आईतबार बिहान करिव सवा ३ बजे मृत्यु भएको हो । त्यस्तै यहि साउन ४ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुषको शनिबार साँझ सवा ६ बजेको समयमा मृत्यु भएको हो ।
त्यस्तैगरी यहि साउन २ गते अस्पतालमा भर्ना भएका चन्द्रकोट ५ गुल्मीका ५६ वर्षीय पुरुषको शनिबार राती साढे ११ बजे र गुल्मीकै ईश्मा ५ का ७१ वर्षीय पुरुषको आईतबार बिहान करिव पौने ३ बजे मृत्यु भएको हो । उनी कोरोना संक्रमणपछि गत असार २३ गते अस्पतालमा भर्ना भएका थिए ।
गत असार ३१ मा अस्पतालमा भर्ना भएका सुमारानी २ प्युठानकी ६३ वर्षीय महिलाको उपचारकै क्रममा शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताउनु भएको छ ।