प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्य मन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आईतबार सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसंग रहनेगरी राज्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धनमा रहेका दलहरु बिच मन्त्रालयको भागवण्डा नमिलिरहेको बेला प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आईतबार साँझै सपथ लिनुभएको छ । उहाँलाई प्रधानमन्त्री देउवाले सपथग्रहण गराउनु भएको हो ।