लुम्बिनी अनलाइनमा समाचार प्रकाशित पछि पोर्चुगलको राजधानी लिस्बन निवासी मृगौला पिडित जया सुबेदीको सहयोगार्थ रकम संकलन कार्य तिब्र रुपमा अगाडी बढेको छ | दुवै मृगौला फेल भयका ३२ वर्षीय सुबेदीको सहयोगका लागि यूरोप भरिका देशहरुबाट आर्थिक संकलन सुरु भयको छ |
समाचार प्रकासित पश्चात बेल्जियम रहेकी एन आर एन महिला उपाधक्ष्य यासु थापा ले सुरुवात गर्नु भयको अभियानमा साथ दिदै एन आर एन समितिकै सदस्य समेत रहनु भयकि सित सापकोटाले पनि अभियान थाल्नु भयको छ | थापा र सापकोटाले फरक फरक रुपमा रकम संकलन गर्नु भयको र अन्तमा जम्मा गरेर पिडित समक्ष पठाइने छ |
उता स्विस मा रहनु भयका पत्रकार निराजन श्रेस्ठले सहयोग रकम संकलन गरिरहनु भयको छ | साथै स्विसमै एन आर एनका गुरास पौडेल र मेरो जिल्ला डट कम चलाउदै आउनुभयका विजय शर्माको समुहले पनि विशेस चासो देखाउदै सहयोग कार्य जुटाउन तदारुकतासाथ् लागि परेका छन |युरोपका विभिन्न देशमा रहेका पर्वत जिल्लाबाट आएका साथीहरुको सयुक्त प्रयासमा उहाको सहयोगार्थ आर्थिक संकलन गर्न लागिएको जानकारी स्विस बाट गुरास पौडेलले जनाउनु भयको छ | युरोप ब्यापी सहयोग अभियान शुरु गर्नका लागि विशेष सहयोग गर्नु हुने एनआरएन युरोप संयोजक कुल आचार्य , एन आर एन पुर्ब संयोजक सोम सापकोटा सहित समिति निर्माण गरेर अगाडी बढेका छन |
पर्वत जिल्लाको सलिजा ४ घर भइ विगत ५ वर्षदेखि सुवेदी पोर्चुगलको राजधानी लिस्बन बस्दै आउनुभयको छ |
पोर्चुगलमा स्वास्थ्य बिमा अरु देशमा जस्तो सहज छैन | तर डायलासिस भने सरकारले गरिरहेको छ | उहाका अनुसार कोहि मृगौला दान गर्ने ब्यक्ति भय मार्फत मात्र मृगौला फेरिदिने तर यो कार्य धेरै लामो हुने हुन्छ | रकम संकलन पश्चात भारतको राजधानी दिल्ली गयर एउटा मृगौला फेर्ने सुवेदीले जानकारी गराउनु भयो | पिडितलाई प्रतक्ष्य ००३५१९२००२०६३५ मा सम्पर्क गर्न सक्नुहुनेछ