लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारकाे सिफारिसमा लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पाैडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नुभएकाे हा ।
मन्त्रीपरिषदकाे निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी र गण्डकीका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गर्नुभएकाे थियाे ।
संगै गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त हुुुनुु भएकाे छ ।