इन्टेलेक्चुअल स्कुलमा वक्तृत्वकला

750

इन्टेलेक्चुअल स्कुलमा वक्तृत्वकला

इन्टेलेक्चुअल एकेडेमी बुटवल – ११ कालिकानगरले भर्चुअल वक्तृत्वकला प्रतियोगिता गरेको छ । शुक्रवार भएको वक्तृत्वकला प्रतियोगितामा माध्यमिक तहबाट प्रथम संगीता पौडेल कक्षा १०, द्वितीय सजना थापा कक्षा ९, तृतीय एन्जिला श्रेष्ठ कक्षा ८ भएका छन् ।
साथै निम्नमाध्यमिक तह तर्फ प्रथम बिनय पोख्रेल कक्षा ६, द्वितीय इप्सा गौतम कक्षा ६ र निश्चल सुनार कक्षा ५, त्यस्तैगरी तृतीय दिबस भन्डारी कक्षा ६, एन्जल सुवेदी कक्षा ५ र सान्त्वना दियान्सु खरेल कक्षा ७ रहेका छन् । साथै प्राथमिक तह तर्फ प्रथम सुबिहानी सुनार कक्षा २, द्वितीय समृद्धि खनाल कक्षा ३, तृतीय अप्सु लप्साल कक्षा ४ रहेका थिए साथै पुर्ब प्राथमिक तह तर्फ पनि कक्षागत वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीले जानकारी गराउनु भयो । त्यसैगरी प्रिप्राइमेरीमा पनि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।