एसईईको नतिजा सार्वजनिक हुँदै

1.3K

एसईईको नतिजा सार्वजनिक हुँदै

एसईईको नतिजा आज प्रकाशित हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
कोरोना महामारीका कारण बिद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा लिन नकिएका कारण सरकारको निर्णयमा यो वर्षको एसईई परीक्षा नतिजा बिद्यालयले गरेको आन्तरिक मुल्यांकनको आधारमा बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागिएको हो । परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ ।

कसरी हेर्ने नतिजा ?

इजी सर्भिस प्रालिबाट – ३४९४९
आकाश टेक प्रालिबाट – ३१००३
जानकी टेक्नोलोजी प्रालि मार्फत् – ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ ।
त्यस्तै नेपाल टेलिकम र एनसिएलबाट – १६०० मा एसएमएस गरेर थाहा पाउन सकिन्छ ।
त्यस्तैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com,  www.see.ntc.net.np  www.ekantipur.com, www.ricell.axiata.com वेबसाईटबाट पनि हेर्न सकिनेछ ।