राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार प्रकाशित गरेको हो । विद्यार्थीले अध्ययन गरेकै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
बिद्यालयले गरेको मुल्यांकनलाई प्रमाणिकरण गरेकोले बोर्डले नतिजाको विश्लेषण गरेको छैन । प्रकाशित एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फत प्राप्त गर्न सकिने छ ।
इजी सर्भिस प्रालिबाट – ३४९४९
आकाश टेक प्रालिबाट – ३१००३
जानकी टेक्नोलोजी प्रालि मार्फत् – ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ ।
त्यस्तै नेपाल टेलिकम र एनसिएलबाट – १६०० मा एसएमएस गरेर थाहा पाउन सकिन्छ ।
त्यस्तैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com वेबसाईटबाट पनि हेर्न सकिनेछ ।