कक्षा १२ को परीक्षा स्थगित

1.3K

कक्षा १२ को परीक्षा स्थगित

यहि साउनको ३१ गतेदेखि गर्न तयारी गरिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितको संख्या बढ्दैगएपछि परीक्षा सञ्चालन गर्न कठिनाई उत्पन्न भएकाले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ । परीक्षाको निर्धारित मिति आउन एक हप्ता बाँकी रहँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको हो । बोर्डले परीक्षाको मिति निर्धारण गरेर तयारीको काम गरेको थियो । जस अनुसार मुलुकभर बिद्यार्थीले अध्ययन गरेकै बिद्यालयमा परीक्षा सञ्चालन गर्नेगरी ४ हजार ३१० परीक्षा केन्द्र तोकिसकेको थियो । ३ लाख ७२ हजार ३४८ परीक्षार्थीले कक्षा १२ को परीक्षाको तयारी गरेका थिए ।