एकैदिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण

264

एकैदिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण

मंगलबार एकै दिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या भने २ हजार ११५ जना मात्रै छ । योसंगै नेपालमा हालसम्म ७ लाख २० हजार ६८० जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये १० हजार १५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ६ लाख ७३ हजार ११८ जना संक्रमण मुक्त भएका छन् ।