लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

246

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले आज (बुधबार) प्रदेश प्रमुख अमिक शेरचन समक्ष आफ्नो पदबाट राजीनामा गर्नुभएको हो ।
मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । विपक्षी गठबन्धनका समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले आजै दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा गर्नुभएको हो ।