बेलायतका जनजाति र मधेशीले कमल थापाबिरुद्ध प्रदर्शनको तयारी गर्दै

540

बेलायतका जनजाति र मधेशीले कमल थापाबिरुद्ध प्रदर्शनको तयारी गर्दै

लण्डन । बेलायत
मंसिर २८

उपप्रधान तथा पररास्ट्र मन्त्री कमल थापाको बेलायत भ्रमणका बेला यहाका जनजाति तथा मधेशीहरुले उनीविरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेपाल संघीय समाज बेलायत, नेपाल आदिवासी जनजाति महासंघ यूके, मधेशी समाज यूके, लिम्बुवान समाज लगायतका पहिचानवादीहरुले प्रदर्शनको तयारी गरेका छन् ।
नेपालको नयाँ संबिधानमा आदिवासी जनजाति तथा मधेशी लगायतका समुदायका हक अधिकार कुण्ठित गरेको तथा नेपालका अन्य आन्तरिक समस्या समाधानमा अग्रसरता नदेखाएको बिरोधमा प्रदर्शन गर्न लागिएको संघीय समाज बेलायतका अध्यक्ष धर्म तामाङले बताए । बुधबार बिहान लण्डन आइपुग्ने मन्त्री थापा सहभागी हुने विभिन्न कार्यक्रमस्थलमा प्रदर्शन गरिने तयारी छ । बुधवार साझ यहाँको सरकारले नेपाल बेलायत सम्बन्धको दुइ सय वर्ष गाँठको खुशियालीमा आयोजना गर्न लागेको एक बिशेष समारोह लगायतका विभिन्न कार्यक्रममा उनी सहभागी हुदैछन ।

देशभित्रको आन्तरिक समस्याको सम्बोधन गर्न सरकारले उदासिनता देखाएकोले बेलायतस्थित नेपालीहरु पनि बिरोधमा उत्रिनु परेको मधेशी समाजका अध्यक्ष दिलिप महासेठले बताए । नया संविधानसँग असन्तुस्ट यहाको गोर्खा समुदायबाट पनि मन्त्री थापाबिरुद्धको प्रदर्शनलाई समर्थन गरेको बुझिएको छ ।

-हिमालयमेल डट कम बाट