लुम्बिनी प्रादेशिक अस्पतालमा डा. खनाललाई मेसुबाट हटाएर रेडियोलोजिस्ट प्रमुखको जिम्मेवारी

1.3K

लुम्बिनी प्रादेशिक अस्पतालमा डा. खनाललाई मेसुबाट हटाएर रेडियोलोजिस्ट प्रमुखको जिम्मेवारी

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गर्नु अगाडि लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएको छ ।
प्रदेश सरकारले जाँदाजाँदै मेसु खनाललाई हटाउने सहित सात निर्णय गरिएको बुधबार दिउँसो आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी गराउनु भयो । बुधबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले डा. खनाललाई अस्पतालको प्रमुख मेसुबाट हटाएर अस्पतालको रेडियोलोजिस्ट प्रमुखको जिम्मवारी दिने निर्णय गरिएको उहाँले बताउनु भयो ।
मन्त्रीपरिषद बैठकले कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर काम गरेका कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउने, आइसोलेसन अस्पतालहरुको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिहरुको म्याद समेत थप गर्ने निर्णय गर्नुको साथै प्रदेश विपद व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।
त्यस्तैगरी प्रदेश खेलकुद परिषद्को सदस्य मनोनयन गर्ने तथा आर्थिक वर्ष २०७८/७९ मा उद्योगाहरुको दर्ता शुल्कमा पूर्ण छुट प्रदान गर्ने निर्णय गरिएको मन्त्री चौधरीले बताउनु भयो ।