वडा प्रहरी कार्यालय प्रमुख डिसीद्धारा पत्रकारहरुसंग भेटघाट

1K

वडा प्रहरी कार्यालय प्रमुख डिसीद्धारा पत्रकारहरुसंग भेटघाट

policee (2)बुटवल,यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न सबै पक्षसंग सहकार्य गरेर काम गर्ने वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक प्रदीपकुमार डि.सीले प्रतिवद्वता जनाउनुभएको छ । समाजमा हुने अपराध,लागुऔषध र चेलीवेटी बेचबिखन नियन्त्रणका लागि आफु मातहतको सबै युनिटलाई प्रयोग गर्ने बताउनुभयो ।
मंगलबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रहरी निरिक्षक डि.सीले दुर्घटना न्युनिकरणमा बढी ध्यान केन्द्रिक गर्नेसमेत प्रतिवद्वता जनाउनुभयो ।
उहांले समाजमा गुण्डागर्दी र अपराध गर्ने जो कर्सलाई पनि कानुनी दायरामा लिएर कारवाही गर्ने बताउनुभयो ।
उहांले प्रहरी संगठनको निति नियम भित्र रहेर समाजमा रहेको विकृती विसंगतीका विरुद्ध काम गर्ने प्रतिवद्धता पनि जानउनु भयो ।
उहांले यस क्षेत्रको शान्ति सुरक्षालाइृ मजवुद बनाउनका लागि नागरिकहरुको सहयोग आवश्यक रहेको भन्दै संचार क्षेत्रबाट पनि रचनात्मक सहयोगको अपेक्षा गर्नु भयो ।
सो अवसरमा पत्रकार महासंघका अध्यक्ष शेर वहादुर केसी, उपाध्यक्ष यानेन्द्र जिसी, प्रेस युनयनका जिल्ला सभापती बिक्रम खड्का, यमलाल भुषाल विष्णु भुषाल भवानी पाण्डे, डिआर घिमिरे लगायतले सुभाmव दिदै संचार क्षेत्रबाट सकारातमक कामकालागि सहयोग रहने बताउनु भएको थियो ।