नेपाल बिद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालय बुटवलमा रक्तदान गरिएको छ ।
नेपाल बिद्युत प्राधिकरणको ३६ औं स्थापना दिवसको अवरमा बुटवलको कालिकानगरमा रहेको लुम्बिनी प्रादेशिक कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको कर्मचारी ईञ्जिनियर रोहिन्द्र भण्डारीले जानकारी गराउनु भयो ।
रक्तदान रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको थियो ।