भैरहवामा निषेधात्रा थप

1.3K

भैरहवामा निषेधात्रा थप

bhairabभैरहवा, २९ मंसिर । जिल्ला सुरक्षा समितीले रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा पुनः पाचदिनका लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले मधेशी मोर्चाको आन्दोलन जारी रहेको र शान्ति सुरक्षाको दृष्किोणले गर्दा निषेधात्रा थप गर्नु परेको जानकारी दिनुभयो । गतभदौ ५ गतेदेखि प्रशासनद्वारा जारी निषेधाज्ञालाई थप गर्दै लम्ब्याईएको छ । प्रशासनले दशै, तिहार र छड पर्वमा भने निषेधाज्ञा फुकुवा गरेको थियो । जिल्ला सदरमुकाम भैरहवालाई केन्द्रित गरि जारी गरिएको निषेधाज्ञा पुर्वमा बसन्तपुर गाविस वाईपास सडक, पश्चिममा गौतम बुद्ध बिमानस्थलको मायादेवी पार्क, उत्तरमा पडसरी गाबिस र दक्षिणमा बेलहीया, भारत सिमानाको चौकीला क्षेत्र तोकीएको प्रशासनले जनाएको छ ।