स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न संसदीय समितिको निर्देशन

707

स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न संसदीय समितिको निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै गराउन सरकारलाई निर्देशन गरेको छ । समितिको मंगलबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डको पालना गरेर भौतिक उपस्थितीमै तत्काल परीक्षा गराउन निर्देशन गरेको हो ।
अन्य परीक्षा भईरहेको भन्दै समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको समन्वयमा तत्काल कक्षा १२ को परीक्षा गराउन निर्देशन गर्नुभएको हो । कोरोना संक्रमण बढ्दै गएपछि गत साउन ३१ गतेदेखि तय भएको परीक्षा स्थगित गरिएको थियो ।