जन्मदिनको अवसरमा बिद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना

1.3K

जन्मदिनको अवसरमा बिद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना

रुपन्देहीको सैनामैना निवासी जनकल्याण माध्यमिक विद्यालयका पूर्व बिद्यार्थी निराजन घिमिरेले उक्त बिद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफ्नो जन्मदिनको पूर्वशन्ध्यामा हजुरबुवा स्वर्गीय दधिराम घिमिरे र हजुरआमा स्वर्गीय ईन्द्रकला घिमिरेको स्मृतिमा २ लाख १७ हजार ५५१ रुपैंयाको छात्रबृत्ति अक्षयकोष स्थापना गरिदिनु भएको हो ।
उक्त अक्षयकोष स्थापनाको लागि घिमिरेका बुवा तथा बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष रघुनाथ घिमिरे र आमा चुमाकला घिमिरेले बिद्यालयलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । स्थापित उक्त अक्षयकोषबाट प्राप्त हुने व्याजबाट प्रत्येक वर्ष गरिव, अपाङ्गता भएका बिद्यार्थी तथा अनाथ बालबालिकालाई छात्रबृत्ति प्रदान गरिने छ ।