लायन्स क्लव अफ बुटवलद्वारा रुपन्देहीको गैडहवामा निःशुल्क आँखा शिबिर

1.3K

लायन्स क्लव अफ बुटवलद्वारा रुपन्देहीको गैडहवामा निःशुल्क आँखा शिबिर

लायन्स क्लव अफ बुटवलले रुपन्देहीको गैडहवा गाउँपालिकामा निःशुल्क आँखा शिबिर गरेको छ । लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ मा रहेको जोगडा माध्यमिक बिद्यालयमा बिहिबार निःशुल्क आँखा शिबिर गरिएको हो ।
लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको शिबिरमा त्यस क्षेत्रका २२० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये २८ जनाको क्याथ ल्याव सर्जरी (आँखाको शल्यकृया) गर्नुपर्ने भएकोले लायन्स आँखा अस्पतालमा ल्याईएको क्लवले जनाएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लव अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेलले जानकारी गराउनु भयो ।
शिबिरको उद्घाटन गर्दै लायन्स आँखा अस्पताल बुटवलका अध्यक्ष तथा क्लवका पूर्व अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठले क्लव र अस्पताल मिलेर ठाउँठाउँमा आँखा शिबिर सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले गरिव तथा विपन्न परिवारलाई आँखाको समस्या भएमा वडाको सिफारिसमा आएमा अस्पतालले निःशुल्क उपचार गरिने जानकारी गराउनु भयो ।
शिबिरमा लायन्स आँखा अस्पतालका स्वास्थ्यकर्मीहरु ईन्दिरा जोशी, गौतम, अनुसा ज्ञवालीको टिमले शिबिरमा आएकाहरुको आँखा जाँच गरेको थियो ।