गुल्मीको हस्तिचौरमा ट्रयाक्टर दूर्घटना चार जनाको मृत्यु

776

गुल्मीको हस्तिचौरमा ट्रयाक्टर दूर्घटना चार जनाको मृत्यु

gulmiगुल्मी २९ मंसिर । गुल्मीको हस्तिचौर गाविसमा शुक्रबार राती भएको ट्रयाक्टर दूर्घटनापरि चार जनाकोे मृत्यु भएको छ । दूर्घटनामापरि मृत्यु हुनेहरुमा ट्रयाक्टर चालक हस्चिौर गाविस ६ का १९ वर्षीय वैकुण्ठवहादुर मुखिया, सोही गाविस ३ निवासी ६५ वर्षीय तिर्थबहादुर खत्री, ५८ वर्षीय चन्द्रवहादुर कुँवर र २६ वर्षीय जुद्ध मुखिया रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दूर्घटनामा परि हस्तिचौर गाविस ३ निवासी सन्तवहादुर कुमाल घाईते भएका छन । घाईतेको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
सदरमुकाम तम्घासदेखि खुद्रा समान वोकेर हस्तिचौरतर्फ जाँदै गरेको लु २ त ४८३१ नम्वरको ट्याक्टर राती सोही गाविस ३ स्थीत कालाखोला भन्ने ठाउँमा ट्रयाक्टरको अगाडिको चक्का ढुङ्गामा ठोक्किएर दूर्घटना भएको प्रहरीले जनाएको छ ।
दूर्घटनामा परेका मध्ये दुई जनाको घटना स्थलमा र थप दुईजनाको उपचारको क्रममा सदरमुकाम तम्घास स्थीत जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
दूर्घटना भएको ट्रयाक्टर सडकवाट ५ सय मिटर तल भीरमा खसेको थियो । ट्रयाक्टर भिरमा खसेका कारण स्थानीयवासी र प्रहरीलाई उद्धारमा कठीनाई भएको प्रहरीले जनाएको छ । दूर्घटनामापरि मृत्यु भएका व्यक्तिहरुको शवलाई मंगलवार नै पोस्टमार्टम गरि आफन्तहरुलाई जिम्मा लगाईएको छ ।